असोज ०६, २०८१, आइतबार
               

‘शैक्षिक क्यालेन्डरअनुसार १९० दिन पढाउनुपर्ने मापदण्ड यस वर्ष लागू हुँदैन’

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याइएको बताएका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।शैक्षिक सत्रको साढे चार महिना बितेकाले पाठ्यक्रममा अत्यावश्यकबाहेकका विषयवस्तु खुम्च्याइएको जानकारी दिए । 

अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने उनको भनाइ छ ।  उनले भने, ‘यही भाद्र महिनाभित्र हामी संस्लेषित पाठ्यक्रम विद्यालयहरुलाई उपलब्ध गराउने छौँ ।’

शैक्षिक क्यालेन्डरअनुसार १९० दिन वा १०२४ घण्टा पढाइ हुनुपर्ने मापदण्ड यस वर्ष लागू नहुने उनले बताए । अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीले कार्य प्रारम्भ गरेको पनि उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि