असोज ०६, २०८१, आइतबार
               

अनशन बसेका पूर्वमन्त्री पासवानलाई धरान लगियो

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

रौतहट । आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ । 

पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

प्रहरी हिरासतमा विजय रामको मृत्यु भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै उनी एक सातादेखि इलाका प्रहरी कार्यालय गरुडा अगाडि अनशन बसेका थिए । 

बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पूर्वमन्त्री पासवानलाई एम्बुलेन्समा हालेर बीपी धरन लगेको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले पूर्वमन्त्री पासवानलाई ज्वरो आउनुका साथै स्वास्थ्य अवस्था कमजोर बनिसकेको स्थानीय चिकित्सकले बताएपछि अक्सिजनसहितको एम्बुलेन्समा धरान पुर्‍याएको बताए ।

पूर्वमन्त्रीका स्वकीय सचिव रोशन पासवानले प्रहरीले अपहरण शैलीमा मोवाइल फोन नियन्त्रणमा लिई बलजफ्ती धरान पुर्‍याएको बताए । 


कस्तो लाग्यो ?

यो पनि