बैशाख १४, २०८१, शुक्रबार
               

गोलीको छर्रा लागी एकजना घाइते

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सिकारीले हानेको बन्दुकको गोलीको छर्रा लाग्दा एक जना घाइते भएका छन् । 

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंगलमा सिकार खेल्ने क्रममा जंगली जनावरलाई हानेको बन्दुकको छर्रा स्थानीय ४५ वर्षीय भीमबहादुरलाई लाग्दा उनी घाइते भएका हुन् । 

सिकार खेल्ने क्रममा स्थानीय ६३ वर्षीय इन्द्रबहादुर खत्रीले हानेको भरुवा बन्दुकको छर्रा  उनको पेटमा लागेको थियो ।हाल उनको पोखरास्थित अन्नपूर्ण फेवा अस्पतालमा उपचार भइरहेको छ ।उनको अवस्था चिन्ताजनक भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीका अनुसार गोली प्रहार गर्ने सिकारीलाई (इन्द्रबहादुर खत्री)लाई भरुवा बन्दुक र दुईसय ग्राम बारुदसहित नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि