असोज ०६, २०८१, आइतबार
               

कर्फ्यूपछि सुनसान छ ललितपुर

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

ततिलतपुर । ललितपुरमा आज (शुक्रबार) बिहान ४ बजेदेखि कर्फ्यू जारी भएको छ । कर्फ्यू राति १० बजेसम्म जारी रहनेछ ।

हिजो (बिहीबार) ललितपुर पुल्चोकमा स्थानीयले निषेधाज्ञा उलंघन गरी मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । 

ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको (चक्रपथभित्र पर्ने) सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । 

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने छ ।

यसैबीच, कर्फ्यूका कारण ललितपुर रिङरोडभित्रका क्षेत्र बिहानैदेखि सुनसान छ । 

'जनताले कर्फ्यू आदेशको पूर्ण रुपमा पालना गर्नुभएको छ ।' ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने, 'बिरामी तथा सञ्चारकर्मीलाई भने सहजीकरण गरेका छौं ।'

हिजो (बिहीबार) मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाको आशंका गर्दै ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यूको घोषणा गरिएको हो ।  


कस्तो लाग्यो ?

यो पनि