असोज ०६, २०८१, आइतबार
               

धरहरा छेउमा पर्खाल भत्किँदा डोजर चालक घाइते

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौंस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । अन्य मानवीय क्षति भने भएको छैन । 

भूकम्पले भत्काएपछि अहिले धरहरा पुन:निर्माण चलिरहेको छ । साविक गोश्वारा हुलाक रहेको क्षेत्रसमेत जोडेर धरहराको परिसर फराकिलो बनाउने क्रममा उक्त घटना भएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि