असोज ०६, २०८१, आइतबार
               

बागलुङमा भीषण बाढी, १७ जना मानिस बेपत्ता

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारी वर्षाको कारण बागलुङमा भीषण बाढी गएको छ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति भीषण बाढीजाँदा दर्जानौँ  मानिसहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उक्त नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका भन्ने ठाउँमा गएको भीषण बाढीमा करिव १७ जना व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै गएराति १२ बजेको समयमा भएकाे यस घटनाबारे थप विवरण पछि आउने र उद्धार कार्य जारी रहेको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि