असोज ०६, २०८१, आइतबार
               

आज पाँच अन्तर्राष्ट्रिय उडान, फर्किए ३४८ नेपाली

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौं ल्याएको छ । 

निगमले नियमित उडानअन्तर्गत आज काठमाडौं–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज बुधबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । आजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौं ल्याएको छ ।

कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । 

कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ । 

बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन् ।  हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ ।

यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौं गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ ।  

आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका पाँच चार्टर्ड उडान भएका छन् । 

तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि