जेठ ०५, २०८१, शनिबार
               

हुम्लामा भीषण आगलागीः १५ घर नष्ट, पानीको अभाव

नेपाल फ्ल्यास
भदौ १७, २०७७

तस्बिरः महेशविक्रम शाही
ADVERTISEMENT

हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका–४ रोडिकोटको गाउँमा भीषण आगलागी भएको छ । 

एउटा घरबाट सुरु भएको आगलागीबाट १५ वटाभन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले जानकारी दिए । 

बेलुकी करिब ६ बजेतिर गाउँमा आगलागी भएको बताइएको छ । आगालागी नियन्त्रणका लागिन पानी, स्याउला र माटोको प्रयोग गरे पनि नियन्त्रणमा आउन नसकेको उनले बताए ।

आगो नियन्त्रणका लागि सबै गाउँलेले प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन नसकेको शाहीले बताए । सो ठाउँमा पानीको समेत अभाव रहेको बताइएको छ । 

आगो नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि