असोज ०६, २०८१, आइतबार
               

विपद‍्मा परेका ७१ जना अझै बेखबर

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । यसपालिको मनसुनजन्य विपद‍्मा परेका ७१ जना अझै बेखबर छन् । बाढी पहिरामा परेर हराइरहेका उनीहरूको जीवितै उद्धार हुने सम्भावना न्यून रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अधिकांश पहिराेमा परेर बेपत्ता भएका छन् ।

वैशाखयता विपद्जन्य घटनामा परेर ३१७ जनाको मृत्यु र ७१ जना बेपत्ता भएका छन् । उक्त घटनामा ३८८ जना घाइते भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । कूल मृत्यु भएकामध्ये पहिराेमा मात्रै २४५ जना परेका छन् । पहिराेमा परेर ५१ जना बेपत्ता छन् भने १९० घाइते भए । बाढीबाट १७ को मृत्यु, २० बेपत्ता र सात घाइते भए । चट्याङबाट ५५ को मृत्यु र १९१ जना घाइते भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले दिएको जानकारीअनुसार मनसुन सुरु भएपछि गत जेठ ३० पछि भने २८२ को मृत्यु, ७० बेपत्ता र २६६ जना घाइते भएका छन् । त्यही बीचमा नै सबैभन्दा बढी पहिराका घटनाले बढी मानवीय क्षति पुर्‍याएको छ । पहिरामा मात्रै जेठ ३० यता २४३ को मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन् । सोही अवधिमा बाढीबाट १४ को मृत्यु भएको र १९ बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमर १८ वटा विपद्जन्य घटना भएको छ । विभिन्न १० स्थानमा चट्याङ, तीन स्थानमा जनावरको आक्रमण, दुई स्थानमा पहिरो र एक स्थानमा बाढी आएको छ जसमा परेर दुईको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि