जेठ ०४, २०८१, शुक्रबार
               

स्थानीय प्रशासनद्वारा चितवनका ६ अस्पताल अनुगमन

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएपछि मृत्यु भएको समाचार बाहिर आएसँगै स्थानीय प्रशासनले अनुगमन सुरु गरेको छ ।

अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैया, दक्ष जनशक्ति, संस्थाले दिँदै आएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याइएको बेडलगायत विषयमा अनुगमन गरेको हो । 

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको नेतृत्वमा भरतपुर क्षेत्रका ६ निजी अस्पतालको अनुगमन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दुईवटा मेडिकल कलेज, मनकामना अस्पताल, नारायणी सामुदायिक हस्पिटल, सिटी अस्पताल लगायतमा अनुगमन गरेको हो । शर्माले अस्पतालमा आएका बिरामीले उपचार नपाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको बताए । अनुगमन नियमित रुपमा प्रत्यक्ष र अप्रत्यक्ष गरीने बताइएको छ । 

 केही दिनअघि जिल्लाका निजी अस्पतालले बिरामी भर्ना नलिएपछि भरतपुर अस्पतालमा पुगेको केही समयमा तीन जनाको एकैदिन मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको समयमा अस्पतालले बिरामीलाई उपचार नगर्नु भनेको जिम्मेवारीबाट पन्छिनु भएकाले त्यस्तो हुन नदिनका लागि अनुगमन गरिएको उनको भनाइ थियो । 


कस्तो लाग्यो ?

यो पनि