असोज ०६, २०८१, आइतबार
               

मर्स्याङ्दीमा गाडी खसेको आशंका, खोजीकार्य जारी

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

तनहुँ । मुग्लिन-आबुखैरेनी सडकखण्ड अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा गाडी दुर्घटना भएको आशंका गरिएको छ ।

गाडी मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको आशंकामा प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

गाडी दुर्घटना भएको आशंका गरिएको दुर्घटना स्थलमा गाडीको कुनै निशान भेटिएको छैन । तर, राजमार्ग बायाँतर्फ सडकको ४ वटा प्याराफुट भत्काउदै गाडी मर्स्याङ्दी नदीमा खसेको डोब देखिएको छ । साथै विद्युत र इन्टरनेटको तार चुडिएको अवस्थामा छ ।

आज बिहान पाँच बजेतिर दुर्घटना भएको हुनसक्ने अनुमानसहित प्रहरीले गाडीको खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि