काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशका विभिन्न प्रदेश र जिल्लाहरुमा मौसमको ठूलो प्रभाव हुन सक्ने भन्दै सम्पूर्ण नागरिकलाई बिहानैदेखि सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक र दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
साथै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।