असोज ०६, २०८१, आइतबार
               

पहिरोमा बेपत्ता

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

पाल्पाको रम्भा गाउँपालिका–३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् । शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमबार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठुलो पहिरोे गएको थियो । 

गाउँपालिकाका कृष्ण रेग्मीले आज बिहानदेखि नै प्रहरी र स्थानीय बासिन्दाले पहिरो गएको क्षेत्रमा खोजी गरिरहेको बताए । प्रवक्ता रेग्मीका अनुसार सोमबार पहिरो गएको क्षेत्रमा थापाले दाउरा बोकेर हिँडेको थिए । 

गाई गोठालाले थापालाई पहिरो गएको क्षेत्रमा देखिएको गाउँपालिका प्रवक्ता रेग्मीले बताए । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीका टोली खटिएको प्रहरी उपरीक्षक गिरीले बताए । रम्भा गाउँपालिकाको कार्यालय नजिकै पहिरो खस्दा डोजर घटनास्थल पुग्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि