जेठ ०५, २०८१, शनिबार
               

सुदूरपश्चिममा भूकम्पको धक्का

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

डोटी जिल्लाको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो । 

भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि