विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।
महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उनको मृत्यु भएको हो ।
विषादी सेवनबाट बेहोस भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
त्यस्तै जिल्लाको बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरतीकुमारीले पनि विषादी सेवन गरेकी छिन् ।
आमाले गाली गरेपछि थाइमेड नामक विषादी सेवन गरेकी उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।