असोज ०६, २०८१, आइतबार
               

रौतहट दलित युवा मृत्यु प्रकरण : इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना इन्स्पेक्टर सहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् ।

गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ । 

यसबारे अनुसन्धान हुने भएपछि उनको सोधपुछमा संलग्न इन्स्पेक्टर नविन कुमार सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंह निलम्बनमा परेका हुन् ।

उक्त घट्नाको सम्बन्धमा सिहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरिदिन हुन भनि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको थियो । उनलाई जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिको लागि निलम्वन गरिएको छ ।

साथै प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाको पत्र अनुसार अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।


कस्तो लाग्यो ?

यो पनि