असोज ०६, २०८१, आइतबार
               

खेतमा पानी लगाउने विषयमा झडप हुँदा ५ जना घाइते

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

कपिलवस्तुको महाराजगञ्जमा खेतमा पानी लगाउने विषयलाई लिएर झगडा गर्दा ५ जना कृषक घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका–४ का कृषकहरु आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा पर्दा हातपातको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार झगडा तथा कुटपिटका कारण महाराजगञ्ज ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन र ७५ वर्षीय सलिम गद्दी घाइते भएको प्रदेश ५ प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी, झगडा गर्दा घाइते बनेका अर्को पक्ष सोही ठाउँका ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया रहेका छन् ।

घाइतेमध्ये ३ जनाको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा सामान्य उपचारपछि कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि