जेठ ०७, २०८१, सोमबार
               

लिदी पहिरो : मृतकको संख्या ३७, अझै २ जना बेपत्ता

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

१७ वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

पहिरामा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

पहिरामा ३७ घर क्षतिग्रस्त हुनुका साथै ३९ जना बेपत्ता भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि