असोज ०६, २०८१, आइतबार
               

एम्बुलेन्स दुर्घटना अपडेट : एकको मृत्यु

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा भएको एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

आज बिहान बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए । 

काठमाडौंबाट बिरामी लिएर सर्लाही जाँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारामा बिहान ५:१५ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका-१ का सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका-२ का क्यान्सर बिरामी दिलमाया राना मगर, मेक कुमारी राना मगर र नरबहादुर मगर घाइते भएका छन् ।

उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ । 

अस्थाई प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी सबै घाइतेलाई उपचारका लागि भरतपुर पठाएको हो । 

एम्बुलेन्स अनियन्त्रित भइ सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको थियो ।


कस्तो लाग्यो ?

यो पनि