असोज ०६, २०८१, आइतबार
               

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा दुर्घटना

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

चितवन । बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।

काठमाडौंबाट बिरामी लिएर सर्लाही जाँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारामा मंगलबार बिहान दुर्घटना भएको हो ।

एम्बुलेन्स अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खस्दा चालकसहित पाँच जना घाइते भएका हुन् ।

दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका-१ का सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका-२ का क्यान्सर बिरामी दिलमाया राना मगर, सोही स्थानका बाधे राना मगर, मेक कुमारी राना मगर र नर बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये बाधे राना मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरिक्षक) नान्तिराज गुरुङले जानकारी दिए । 

उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना बिहान ५:१५ बजे भएको प्रहरीले जानकारी दिएको छ ।

अस्थाई प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी सबै घाइतेलाई उपचारका लागि भरतपुर पठाएको हो । 


कस्तो लाग्यो ?

यो पनि