असोज ०६, २०८१, आइतबार
               

आजको मौसमः देशभर भारी वर्षाको सम्भावना

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) देशभर मौसमको प्रभावबारे विभिन्न प्रदेश र जिल्लाहरुमा ठूलै असर पर्ने भएकाले बिहानैदेखि सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै, राती पनि देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि