बैशाख २६, २०८१, बुधबार
               

कोरोना संक्रमित दुई महिला सम्पर्कविहीन

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

नुवाकोट घर भएका दुई महिला कोरोना संक्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौंमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । 

कोरोना जाँचका लागि उनीहरूले काठमाडौंमा स्वाबको नमूना दिएको र  ठेगाना ‘नुवाकोट वडा ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन  उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले संक्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ । कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई संक्रमण देखिएका  व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ । 


 


कस्तो लाग्यो ?

यो पनि