असोज ०६, २०८१, आइतबार
               

आजको मौसमः बिहानैदेखि पूर्ण सतर्कता अपनाउन सुझाव

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) बिहानैदेखि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा मौसमको ठूलो असरको सम्भावना रहेको जानकारी दिँदै आम नागरिलाई पूर्ण सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

साथै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

यो पनि