असोज ०६, २०८१, आइतबार
               

ललितपुर महानगर प्रहरी प्रमुखमा सीताराम हाछेथू नियुक्त

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई नियुक्त गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइतबार हाछेथूलाई नियुक्त गरिएको जानकारी दिए ।

हाछेथूलाई नगर प्रहरी र दमकल व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो । 

हाछेथूले महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयनमा विज्ञका रुपमा काम गर्नेछन् । 

महानगरपालिकाका नगर प्रहरीको काम कारबाही अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरिएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए । 

यसैबीच महानगरको नीति र निर्देशनअनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन आफू प्रतिवद्ध भएर लाग्ने हाछेथूले बताए । उनले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

ट्राफिक व्यवस्थापनमा २९ वर्ष बिताएका हाछेथू २०७५ साल मंसिरमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि