असोज ०६, २०८१, आइतबार
               

नाग्म पहिरो अपडेट : तीन जनाको मृत्यु, दुई जनाको उपचार हुँदै

नेपाल फ्ल्यास
भदौ १४, २०७७

फाइल फोटो
ADVERTISEMENT

कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नम्बर ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।

आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर बगाउँदा तीन जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जानकारी दिएको छ ।

पहिरोबाट तिलागुफा नगरपालिका-३ का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिकाका ३५ वर्षीय पुण्य शाहीलाई भने जीवितै उद्धार गरिएको छ ।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।

पहिरोले घर पुर्दा कोही बेपत्ता भए-नभएको भने खुलेको छैन । १०-१२ जना घरमै पुरिएको अनुमान गरिएको उनले बताए ।

जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्नुका साथै जेसिबीसमेतले उद्धारको काम गरिरहेको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ । 

घटनामा के कति मानवीय क्षति भएको छ ? भन्ने एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

जुम्लाबाट नेपाल प्रहरी, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि