जेठ ०७, २०८१, सोमबार
               

घट्टेकुलोस्थित नेशनल मेडिकल कलेजको प्रयोगविहीन भवनलाई आइसोलेसन बनाउने तयारी

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल अस्पतालको प्रयोगविहीन भवनलाई आइसोलेसन बनाउन बागमति प्रदेशले तयारी थालेको छ । जसअनुसार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले भवनको निरीक्षण गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा तीन हजार आइसोलेसन बेड तयार गर्ने निर्णय भएको थियो ।

छलफलपश्चात् उपत्यकाका विभिन्न क्षेत्रमा उचित स्थान छनोट गरी कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि काम सुरु भएको हो ।

उपत्यकामा तत्काल ५ सय बेडको आइसोलेसन केन्द्र संचालनका लागि घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजको सञ्चालन नभएको अस्पताल केही दिनभित्रमा नै संचालन गर्ने तयारी रहेको छ ।

बागमती प्रदेशका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौंमा कठिनाई देखिएसंगै बागमती प्रदेश सरकारले तिनै तहका सरकारहरुसँगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि सक्रियता देखाएको हो ।

काठमाडौं उपत्यकाको भक्तपुर जिल्लामा बागमती प्रदेश सरकारको भक्तपुर खरीपाटीमा आइसोलेसन केन्द्र रहे पनि काठमाडौं र ललितपुर जिल्लाका कुनै पनि स्थानमा आइसोलेसन केन्द्र थिएन ।

आवश्यक परेको अवस्थामा काठमाडौंमा करिब ८ हजार आइसोलेसन बेड उपलव्ध गराउने गरी तयारी गरेको सांसदहरुको सो टोलीले सम्पूर्ण आवश्यक नीतिगत तथा प्राविधिक तयारीका लागि मुख्यमन्त्री पौडेलसंग आग्रह गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि