बैशाख २४, २०८१, सोमबार
               

जङ्गी अड्डा भद्रकालीमा गोली हानेर सिपाहीले गरे आत्महत्या

नेपाल फ्ल्यास
भदौ १४, २०७७

प्रतिकात्मक तस्बिर
ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् ।

भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका (तनहुँ रानीपोखरी स्थायी घर भएका) सिपाहीले आत्महत्या गरेका हुन् । 

आफूले बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर उनले आत्महत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । 

प्रवक्ता पौडेलका अनुसार, पेट्रोल पम्पमा ड्युटीमै रहेको समयमा ती सिपाहीले (आज बिहान तीन बजेतिर) गोली हानेर आत्महत्या गरेका हुन् ।

सो घटनाबारे नेपाल प्रहरी तथा सैनिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि