असोज ०५, २०८१, शनिबार
               

जंगली च्याउ खाएर बिरामी परेका सात जनाको भेडीगोठमै उपचार हुँदै

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

रसुवा । रसुवाको आमाछोदिङ्माे गाउँपालिका-५ को भेडीगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् ।

हिजो बिहान च्याउ खाएका उनीहरु दिउँसो बिरामी परेका थिए । च्याउ खाएकाहरु बिरामी परेको थाहा पाउनासाथ हिजो बेलुकी थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनाश भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थल गएका थिए । 

अहेव सुरेन्द्र रोकाया र डिल्ली रमण डाँगीले बिरामीको त्यहीँ बसेर उपचार गरिरहेका छन् । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-४ का २५ वर्षीय निहा लामा तामाङ, उनकी श्रीमती २५ वर्षीया बुटीमाया तामाङ, बहिनी ११ वर्षीया सुशीला तामाङ, धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका-१ का ३१ वर्षीय घले, २६ वर्षीय क्षितिज घले, उनकी श्रीमती २५ वर्षीया चोमाया तामाङ र ३० वर्षीया तितिमाया घले बिरामी परेका हुन् । 

राति पौने ११ बजे भेठिगोठ पुगेको प्रहरी र स्वास्थ्यकर्मीको टोलीद्वारा उनीहरूको त्यहीँ उपचार भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले साँझ मात्र प्रहरीलाई जानकारी दिएका जनाइएको छ । स्वास्थ्यकर्मीसहित टोली गएर उपचार गरेको कारण बिरामीको ज्यान बचेको उनले  बताए । 

थाम्बुचेतबाट झण्डै ७ घण्टा हिँडेपछि भेडीगोठमा पुगिन्छ । बिरामीको अवस्थामा सुधार भइरहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि