असोज ०५, २०८१, शनिबार
               

लिपुलेक क्षेत्रमा चीनले क्षेप्यास्त्र तैनाथ गरी सेनासमेत बढाएको भारतीय दावी, नेपाल अझै माैन

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

नेपाली भूमि लिपुलेकमामा भारत–चीनबिच तनाव उत्पन्न भएको छ । 

भारतीय सेनाको सक्रियता बढेको सूचना नेपाली सुरक्षा निकायको जानकारीमा भए पनि चिनियाँ सक्रियताबारे भने भारतीय मिडियाबाट मात्रै आइरहेको छ ।

भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चीनले लिपुलेक पासमा सैनिक संख्या हजारौँले वृद्धि गरेको र स्थायी क्याम्प स्थापना गरेको खबरहरु भारतीय मिडियामा आएका छन् ।

त्यति मात्रै होइन चिनियाँ सेनाले लिपुलेकमा जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्र नै तैनाथ गर्न लागेको समाचार पनि भारतीय मिडियाबाट आएका छन् ।

क्षेप्यास्त्र तैनाथीका लागि संरचना निर्माण गरिरहेको पनि दावी गरिएको बताइएको छ । तर, नेपाल भने आफ्नो भूमिको विषयमा अझै माैन रहेको 

छ ।

 


कस्तो लाग्यो ?

यो पनि