काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहानैदेखि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार बिहानैदेखि देशका केही प्रदेश र जिल्लाहरुमा हल्का घाम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ को एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।