कात्तिक ३०, २०८१, शुक्रबार
               

पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

तनहुँ । सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । 

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन गरिएपनि दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

आँबुखैरेनी–मुग्लिङ सडकखण्ड अन्तर्गत उक्त ठाउँमा बेला–बेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएको बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ ।

कोत्रेदेखि मुग्लिङ खण्ड अन्तर्गत तनहुँको ७२ किमि राजमार्गमा सबैभन्दा बढी पहिरो जाने ठाउँ नै यही हो । 


कस्तो लाग्यो ?

यो पनि