काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभाव बिहानैदेखि भएकोले सतर्क रहन सबै देशवासीहरुलाई आग्रह गरेको छ ।
पूर्वानुमान महाशाखाका अनुसार देशका केही प्रदेश र जिल्लाहरुमा हल्का घामको किरण देखिनुका साथै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं. १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।