असोज ०६, २०८१, आइतबार
               

मोरङ कारागारमा एक कैदीको शंकास्पद मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

मोरङ ।  जिल्ला कारागार मोरङमा कैदीको शंकास्पद मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको शंकास्पद मृत्यु भएको छ ।

उनको बुधबार कारागारमा मृत्यु भएपछि साढे चार बजे कोशी अस्पताल ल्याइएको थियो । अस्पतालले लगतै मृत घोषित गरेको थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार अस्पताल आउनु अघि नै यादवको मृत्यु भइसकेको थियो ।

मृतकको शरीरमा निलडाम भएकाले उनका आफन्तले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् ।  ‘टाउकोमा र खुट्टामा चोट देखिएको छ,’ मृतकका दाजु बालमिथुन यादवले भने, ‘कुटपटि गरी यातनाका कारण मृत्यु भएको हो ।’

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका युवकको अवस्था तीन दिनअघिसम्म सामान्य थियो । तीन दिनअघि मृतकमा दाजुले उनलाई पैसा पुर्‍याइदिएका थिए । त्यो समयमा भाइको अवस्था सामान्य थियो,’ देवेन्द्र यादवले भने,’ कारागारबाट बिरामी भएर अस्पतालल्याएका छौं भन्दै फोन आयो, अस्पताल पुग्दा मृत्यु भइसकेको रहेछ ।’ उनले कारागारमा यातना दिएका कारण निराजनको मृत्यु भएको बताए ।

आफन्तले कुटपिटपछि हत्या गरेको आरोप दाबी गर्दै विरोध गरेपछि प्रहरीले शव पोष्टमार्टम गरी आफन्तको जिम्मा दिएको छ । कोरोना जाँच गर्दा मृतकको रिपोर्ट नेगेटिभ आएपछि पोष्टमार्टम गरी बिहीबार शव आफन्तको जिम्मा लगाएको हो ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्ने बताए । रिपोर्ट आएपछि कुटपिट गरेको देखिए थप अनुसन्धान गरी संलग्नलाई कारबाही गर्ने उनले बताए ।

जिल्ला कारगार मोरङका जेलर सुवासकुमार लामिछानेका अनुसार मृतकमा छारे रोगको समस्या थियो । कारागारमा कुटपिट भए नभएको पोष्टमार्टम पछि खुल्ने उनले बताए ।

कुटपिट पछि हत्या गरेको भए छुट्टै निकाय बनाएर छानबिन हुने उनले भने । ‘कारागारभित्र यातना दिएको थियो थिएन् यसै भन्न सकिन्न् । जाँच पछि खुल्छ,’ उनले भने, ‘रिपोर्टले कुटपिट भएको देखाए कडाँ छानविन गर्न सकिन्छ ।’


कस्तो लाग्यो ?

यो पनि