असोज ०६, २०८१, आइतबार
               

विद्यार्थीले अब घरबाटै नो-अब्जेक्सन सर्टिफिकेट लिन सक्ने

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । विदेश पढ्न जान चाहने विद्यार्थीले अब अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेसँगै विदेश जान चाहने विद्यार्थीले अध्ययन अनुमति पत्र पाउने भएका हुन् । 

कोरोना संक्रमणका कारण गत फागुन २९ देखि एनओसी बन्द थियो । मन्त्रिपरिषद्को निर्णयले विद्यर्थीलाई सो अनुमति दिएसँगै विद्यर्थीले अनलाइनबाटै एनओसी प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको मन्त्रालयका सहसचिव  रामशरण सापकोटाले जानकारी दिएका हुन् । 

उनका अनुसार यसअघि मन्त्रालयको केशरमहलस्थित वैदेशिक अनुमति शाखामा पुगेर आवेदन दिनुपर्ने झनझटबाट विद्यर्थी मुक्त भएका छन् । 

जसका लागि विद्यार्थीले मन्त्रालयले तोकेको वेबसाइटमा गई आवेदन फाराम भर्नुपर्ने हुन्छ ।  सो फाराम स्वीकृत भए–नभएको बारे पनि विद्यार्थी स्वयं‌ नै जानकार हुनेछन् । र, आवेदन स्वीकृत भए विद्यार्थीले तोकिएको बैंकमा दस्तुर जम्मा गर्नुपर्ने हुन्छ ।

यसका अलवा आवेदकलाई एनओसी लिने मिति इमेलमार्फत जानकारी प्राप्त हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि