जेठ ०७, २०८१, सोमबार
               

बलात्कार अभियोगमा छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

मुस्ताङ । १५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेकाे छ । 

सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुर १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर महानगरपालिका-२ औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका २१ वर्षीय शृजन रायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ माघ २६ गते भक्तपुर महानगरपालिका-१ दुधपाटीस्थित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरी फरार रहेका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर महानगरपालिका-२ औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि