असोज ०६, २०८१, आइतबार
               

सिटिभिटीबाट सञ्चालन हुँदै आएका स्वास्थ्य शिक्षाका कार्यक्रम बन्द हुने

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गर्दै आएका  प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम बन्द हुने भएका छन् । 

चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटीको प्रमाणपत्र तहमुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रममा सिटिइभिटीले यसै वर्षदेखि भर्ना नलिने निर्णय गरेसँगै ती कार्यक्रम बन्द हुने सुनिश्चति भएका हुन् ।

सो परिषदबाट सिएमए, अनमीजस्ता चिकित्सा शिक्षासँग सम्बन्धित कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।

आयोगले सिटिभिटीबाट सञ्चालन हुँदै आएका ती कार्यक्रम सञ्चालन बन्द गरेसँगै एक सय ३७ संस्थाबाट सञ्चालन हुँदै आएका अधिक कार्यक्रम बन्द हुने भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि