बैशाख २४, २०८१, सोमबार
               

पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । 

पहिरो पञ्छाएपछि बिहान साढे १० बजे देखि सडक दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

सडक सुचारु भएसँगै दुवैतर्फ रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ जान थालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

गतसाता मात्र यस सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

यो पनि