असोज ०६, २०८१, आइतबार
               

मछेली नदीमा फसेकी मनुदेवीको उद्धार

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेकी एक महिलाको उद्धार गरिएको छ । 

कृष्णपुर नगरपालिका-२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो । 

गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेकी सार्कीलाई विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए ।

बुधबार बेलुका ६ बजे नदीमा थुनिएकी ती महिलालाई सकुशल उद्धार गरिएको उनले बताए । 

वैलकुण्डी शिविरकी ती महिला घाँस काट्न गएको समयमा मछेली नदीको भंगालोमा फसेकी थिइन ।


कस्तो लाग्यो ?

यो पनि