असोज ०६, २०८१, आइतबार
               

आज पनि प्रतिकुल मौसमसँगै सचेत रहन आग्रह

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानहरुमा हल्का बादल र कतै घामको किरण देखिनुका साथै वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।  

यो पनि