असोज ०६, २०८१, आइतबार
               

६२ घर पहिराेकाे जोखिममा

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए ।

पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथी सुन्दरडाँडा गाँउ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् ।

बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए । स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष थापाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि