जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) मौसमको गतिविधीबारे जानकारी दिँदै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानमा घामको किरण देखिने छ भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

यस्तै दिउँसो पनि देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साथै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि