जेठ ०६, २०८१, आइतबार
               

कुलमान घिसिङलाई बधाईकाे ओइरो लाग्ने कारण ‘फेक अकाउन्ट’काे ट्वीट

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककाे फेक ट्विटर एकान्टबाट मंगलबार बेलुका ६ बजेतिर भएकाे एउटा ट्वीटका कारण घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो ।

कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिन २ हप्ता मात्र बाँकी रहदा दोस्रो कार्यकालका लागि सरकारले पुन: नियुक्त गर्ने निर्णय गरेको भन्दै केही सञ्चारमाध्यमहरूमा समाचार बन्नुका साथै सामाजिक सञ्जालमा बधाइकाे ओइरो लागेकाे हाे । 

यद्यपी सो बारे कुनै निर्णय नभएको र मन्त्रिपरिषदमा प्रस्ताब नै नलगगिएको उर्जामन्त्री वर्षमान पुनले स्पष्ट पारिसकेका छन् ।

उक्त फेक एकाउन्टमा भनिएको छ ,”आजको मन्त्रिपरिषद बैठकले आगामी कार्यकालको लागि तपाईंको आफ्नै कुलमान घिसिङलाईं पुन: नेपाल विद्धुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। अबको कार्यकाल विद्धुत बिस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ।”

यस्तो ट्वीटपछि सामाजिक सञ्जाल एकाएक रंगियो । सर्वसाधारणलाई उनको बहिर्गमनपछि फेरि अन्धकारमा बस्नु पर्ने पो हो की भन्ने आशंकाले पनि उनी यति धेरै चर्चा पाएकाे देखिन्छ । लामो समय घाटामा रहेको विद्युत प्राधिकरणलाई उनी आएदेखि निरन्तर नाफामा लगेका छन् भने देश लोडसेडिङमुक्त भएकाेले चर्चाकाे विषय बनेकाे हाे । 

घिसिङलाई पुन: दोस्राे कार्यकालका लागि नियुक्ती गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा भाेटिङ गर्ने, फेसबुककाे प्रोफाइल फ्रेम बनाउने र फेसबुक ग्रुपमा अपिल गर्ने लगायतका काम भइरहेकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि