जेठ ०१, २०८१, मंगलबार
               

बलात्कार अभियोगमा २ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । बलात्कार अभियोगमा छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् । 

सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाललाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । गत असार २२ गते दिउँसो ती महिलालाई जबरजस्ती करणी गरी फरार भएका धिमाल सोमबार दिउँसो आँफै महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । 

सुनसरी, रामधुनी नगरपालिका-५ झुम्का बस्ने भोक्राहा नरसिँह गाउपालिका-४ घर भएका ४६ वर्षीय मोहमद ईर्साद आलमलाई १६ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ । मोहमदले गत साउन २६ गते दिउँसो मोरङ घर भएकी ती किशोरीलाई ललाई फकाई धरान उपमहानगरपालिका-१८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो ।

यसबारे आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि