कात्तिक ३०, २०८१, शुक्रबार
               

चट्याङबाट मरे ५०० भेंडा

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब पाँच सय भेंडा मरेका छन् ।

बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण भने केही समयमा आउने छ । चरण क्षेत्रमा परेको चट्याङबाट गाउँपालिकाका भेंडापालक किसानको पुख्र्यौली पेशालाई नै बज्रपात परेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए ।

पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेकै भेंडापालन हो । बुढथापाले भने, “सबै भेंडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउनै मुश्किल पर्ने अवस्था आएको छ ।” जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेंडा मरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि