देशभर पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो सिल भएको छ । कर्मचारीहरुमा कोरोनाका संक्रमण पुष्टि भएसँगै डिपो सिल गरिएको निगमले जनाएको छ ।
अमलेखगञ्जमा काम गर्ने ६ र वीरगन्ज कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएको निगमले जनाएको छ ।
संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय तीन दिनका लागि सिल गरिएको र संक्रमितको सम्पर्कमा रहेका दुवै कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिने निगमले जनाएको छ ।
इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका लागि काठमाडौंबाट १० जनाको टोली पठाउन लागिएको पनि निगमले जनाएको छ ।
अमलेखगञ्ज सहित देशभरका डिपोमा पर्याप्त इन्धन मौज्दात रहेकाले अभाव नहुने निगमको दाबी छ ।