असोज ०६, २०८१, आइतबार
               

सोमबार नेप्से परिसूचक बढ्यो

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो  दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । कोरोना महामारीमा बजार खुला हुँदा सोमबार नेप्से परिसूचक बढ्नुका साथै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई बजार बन्द भएको छ । 

सोमबार एक सय ८२ कम्पनीका २७ हजार ५६६ पटकको कारोबारमा दुई अर्ब १३ करोड ९२ लाख रुपैयाँबराबरका ४९ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

अन्य क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण नभएका कारण पैसा सेयर बजारमा आएपछि कारोबार रकममा वृद्धि भएको बताइएको छ । 

सोमबार सेन्सेटिभ इन्डेक्स १.२४ प्रतिशत अर्थात् ३.५९ अंक बढेर २९३.१४ बिन्दुमा पुगेको छ भने फ्लोट इन्डेक्स १.५३ अंक बढेको छ । त्यसैगरी सेन्सेटिभ फ्लोट इन्डेक्स १.३४ अंक बढेको छ।

सोमबार नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ। यसदिन सो कम्पनीको २१ करोड ६० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।


कस्तो लाग्यो ?

यो पनि