असोज ०६, २०८१, आइतबार
               

देवकोटा सङ्ग्रहालय निर्माणका लागि बजेट अभाव हुँदैन : प्रधानमन्त्री

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मैतीदेवी कविकुञ्जमा स्थापना हुने महाकवि देवकोटा सङ्ग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन आग्रह गरेका छन् । 

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसँग भएको भेटमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् । 

सो भेटमा प्रधानमन्त्रीले प्रतिष्ठानका कुलपतिलाई कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव नहुने वचन दिएका छन् ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाउने घोषणा गरेका थिए । 

जीर्ण रहेको सो घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डिपिआर बनाउने कुलपतिले जनाकारी दिएका छन् । सो सङ्ग्रहालय चार तलाको हुने बताइएको छ । 

यो पनि