असोज ०६, २०८१, आइतबार
               

देउवालाई मैले मात्र हराउन सक्छु : नेता कोइराला

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औँ महाधिवेशनमा आफूले मात्र शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।

पार्टीभित्र सभापति देउवाको व्यापक आलोचना भइरहेको र १४ औँ महाधिवेशमा सभापतिका आकाक्षीहरु बढिरहेका बेला नेता कोइरालाले सोमबार यस्तो बताएका हुन् । 

उनले  १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्र देउवा पराजित हुन सक्ने पनि बताए ।  यसका अलवा उनले देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ सभापतिमा उठ्ने उनको दाबी छ । नेता कोइरालाले भने, ‘महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई राजित गर्न सक्दैनन् ।’

सभापतिको उम्मेदवार बन्न संस्थापनइतरको समूहमा धेरै नेताको दाबी रहेका बेला कोइरालाको यो भनाइलाई निकै महत्वका साथ हेरिएको छ । हाल देउवा विपरीत पक्षबाट सभापतिको उम्मेद्वामा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत अग्रसर छन् ।


कस्तो लाग्यो ?

यो पनि