जेठ ०६, २०८१, आइतबार
               

अनलाइन क्लासको पैसा नतिरेको भन्दै विद्यार्थीलाई परीक्षाबाट निष्कासन
यस्ता विद्यालय बन्द र खारेजी गर्नुपर्छ : अभिभावक संघ

ADVERTISEMENT

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनमा विद्यार्थीलाई अनलाइन अध्यापन गराएको पैसा नदिएको भन्दै काठमाडौंको बृहस्पति विद्या सदनले विद्यार्थीलाई परीक्षाबाट निस्कासन गरेको छ । विद्यार्थीलाई जुम एप्सबाट पढाएको सो विद्यालयले अभिभावकलाई लाखौं रुपैयाँको बिल पठाएको थियो । 

सरकारले निजी विद्यालयले विद्यार्थीलाई जुममार्फत अध्ययन गराउन सक्ने तर त्यसको शुल्क लिन नपाउने निर्णय गरेको छ । तर, नाम चलेको विद्यालय बृहस्पति विद्या सदनले पैसा नदिएका विद्यार्थीलाई आन्तरिक परिक्षा दिनबाट बन्चित गरेको हो । सो विद्यालयको आन्तरिक परीक्षा इन्टरनेटबाटै सोमबारबाट सुरु भएको छ । तर, प्रतिविद्यार्थी एक लाखभन्दा बढीको बिल पठाएको विद्या सदनले धेरै विद्यार्थीलाई परीक्षाबाट निस्कासन गरेको छ ।

एक अभिभावकले नेपाल फ्ल्याससँग भने ‘लकडाउन भएको चैत महिनाको समेत पैसा बुझाइसकेका छौँ, तर वैशाखयता साउनसम्मको ४ महिनाको पैसा मागेर मानसिक दबाब दिएको छ, उल्टै केटाकेटीलाई परीक्षाबाट निकालेर उनीहरुलाई तनाव दियो ।’

निषेधाज्ञामा विद्यालयको सूचना–५ दिनभित्र पैसा तिर्नु नत्र,,,,,

कोरोना महामारी फैलिएको भन्दै काठमाडौंमा ५ दिनयता निषेधाज्ञा गरिएको छ । अत्यावस्यक कामका लागि बाहेक बाहिरन नस्किन प्रशासनले आग्रह गरेको छ । तर, सो विद्यालयले भने निषेधाज्ञाकै समयमा अभिभावकको लागि एक सूचना जारी गर्दै ५ दिनभित्र शुल्क तिर्न आग्रह गरेको छ ।
अभिभवकहरु भन्छन् ‘बाहिर लकडाउन छ कतै निस्कनपाइँदैन तर विद्यालयले भने पैसा नतिरेको भन्दै विद्यार्थीलाई अनलाइन परिक्षाबाट निकालेकोछ, यो भन्दा बढी ज्यादती के होला ?’

५ दिनभित्र शुल्क तिर्नुपर्ने सूचना विद्यालयले आफ्नो बेवसाईट र एप्समा प्रकाशन गरेको छ । विद्यालयले मनलाग्दी रुपमा बिल पठाएर परिक्षाबाट विद्यार्थी निकालेपछि सो विद्यालय र अभिभावकबीच बिबाद समेत हुन थालेको छ ।

‘अनलाइन कक्षा भनेर २–३ घण्टा पढाउने अनि लाइब्रेरीको शुल्क, किताबको शुल्क, प्रशासनिक खर्च सबै माग्ने, त्यो पनि विद्यार्थी अन्त जान्छन् भनेर उनीहरुले अनलाई क्लास लिएका हुन्, विद्यार्थीको चिन्ताले होईन’ अभिभाबको गुनासो छ ।


अभिभावक संघको चेतावनी–  यस्ता विद्यालय बन्द र खारेजी नगरे आन्दोलन गछौं

सरकारले स्कुल खोल्न अहिलेसम्म अनुमति दिएको छैन् । तर, निजी विद्यालयले धमाधम बिल पठाउनु जायज नभएको ती अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।

‘अनलाईन कक्षा सञ्चालन गर्नु एकदम राम्रो हो । तर, विद्यालय गएर पढेजस्तो त अनलाइन कक्षाबाट हुँदैन् । तर, विद्यालय गएजसरी शुल्क लिन मिल्दैन, यो गैरकानुनी हो, ’ उनी भन्छन्, ‘विद्यालयको यस्तो अत्याचारबिरुद्ध कानुनी उपचार खोज्छौं ।’ 

सुप्रभात भण्डारी, अध्यक्ष, अभिभावक संघ

आफुले बृहस्पति बिद्या सदनको प्रिन्सिपल कुमार थापासँग कुराकानी गरिसकेको बताउँदै गैरकानुनी काम रोक्न चेतावनी दिएको उनले जानकारी दिए ।

‘अहिले निषेज्ञामा घरबाहिर निस्कनु अहिले अपराध हो, बैक पनि बन्द छ, यस्तो अवस्थामा अभिभावकले पैसा नतिरेको भन्दै छोराछोरीलाई निकाल्नु पासविक मात्रै होइन, अराजक कार्य पनि हो, शिक्षा मन्न्त्रलयमा उजुरी दिने छौं,’ भण्डारीले भने ‘यस्ता आपराधिक काम गर्ने विद्यालयलाई बन्द, खारेजी गर्नुपर्छ, सरकारले बन्द गरेन भने विद्रोहहुन्छ ।’

जागिरबाट निकालिएका शिक्षक एक छाक खान लाईनमा

झण्डै १२ सय विद्यार्थी अध्ययनरत् विद्यासदनमा २ सय ३० जना शिक्षक कार्यरत छन् । लकडाउनपछि धेरै शिक्षकलाई सो स्कुलले निकालेको छ । कतिपयलाई बेतलवी विदा दिएर राखेको छ । लकडाउनको समयमा कतिपय शिक्षक–कर्मचारीहरूलाई खानेकुराका समेत समस्या हुँदा स्थानीय जनप्रतिनिधिमार्फत् राहत लिन लाइनमै लागेका थिए । 

‘अघिल्लो पटक लकडाउनमा विद्यालयले तलब नदिँदा थाल बोकेर निःशुल्क पाइने खाना लिन लाइनमै बसियो । विद्यालय भने हरेक वर्ष करोडौंको सम्पत्ति जोड्दै जान्छ, उसैको लागी सम्पति हामीले कमाईदियौं तर हामी काम गर्ने शिक्षक–कर्मचारी भने खानाको लागि पनि भीख माग्नुपर्ने अवस्था बनाईदियो,’ जागिरबाट निकालिएका एक शिक्षकले पीडा सुनाए । 

बृहस्पति विद्या सदनले यसअघि साढे २ दशकदेखि पढाइरहेका केही शिक्षकहरुलाई समेत जागिरबाट निकालेको थियो । कोरोना महामारीको कारण देखाउँदै शिक्षकहरुलाई कामबाट निकालेको हो । शिक्षक–कर्मचारीहरुलाई यस्तो महामारीका बेला निकाल्दा परिवार पाल्नै समस्या पर्ने भन्दै अनुनयविनय गर्दा पनि निकालिएको पीडितहरुले बताएका छन् । सो स्कुलले मासिक १० देखि २० हजार रुपैयाँ तलब खाएर घरपरिवार लालनपालन गर्दै आएका कतिपय शिक्षक–कर्मचारीसमेत निकालेको छ ।

संस्थागत विद्यालयका शिक्षक–कर्मचारीहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले बृहस्पति शिक्ष सदनको सो काम प्रति विज्ञप्ति निकालेर आपत्ति जनाएपनि अरु केही गर्न सकेन । अध्यक्ष होमकुमार थापाले त्यसरी काम गर्दै आएका शिक्षक–कर्मचारीलाई निकालेकोमा आपत्ति प्रकट गरेका थिए । तर पुर्नवहालीको लागि कुनै प्रयास भएन ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि