जेठ ०५, २०८१, शनिबार
               

आज देशभर भारी वर्षा, सुरक्षित रहन मौसविद्को आग्रह

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशका विभिन्न प्रदेश र जिल्लाहरुमा भारी वर्षासहित बाढी पहिरोको सम्भावना रहेकाले आम नागरिकलाई सतर्कता अपनाउना आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि